बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पहिलो जित निकालेकाे छ।
मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई ३३ रनले पराजित गर्दै पहिलो जित निकाल्न सफल भएको हो।
लुम्बिनी लायन्सले योभन्दा अगाडिका चार खेल नै हारेको थियो।
टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको लक्ष्य दिएको थियो।
चितवन राईनोज निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३४ मात्र बनाउन सफल भएको थियो।
चितवनका लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रन जोड्न सफल भएका थिए भने बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिएका थिए।
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
प्रतिक्रिया