बिएल संवाददाता
नेपाल पत्रकार महासंघकाे यसपटककाे निर्वाचनले नयाँ प्रकारकाे अवस्था सिर्जना गरेकाे छ।
निर्वाचन प्रक्रियामा राजनीतिक दलकाे सक्रियता त पुरानै प्रचलन भयाे तर यसपटक ठुला लगानीका कर्पाेरेट मिडियाका मालिकहरूकाे पनि प्रत्यक्ष हस्तक्षेप देखिन थालेकाे छ। केही कर्पाेरेट मिडियाका मालिकहरूले जन्मदेव जैसी र उनकाे टिमलाई मत नदिन विभिन्न खाले ‘लबिइङ’ गरिरहेकाे केही श्रमिक पत्रकारले जानकारी दिएका छन्।
महासंघजस्ताे स्वतन्त्र र निष्पक्ष संस्थाकाे निर्वाचनमा कर्पाेरेट स्वार्थकाे संलग्नता हुनु निन्दनीय मानिन्छ। पत्रकारिताकाे मूल मर्मलाई विस्थापित गर्दै स्वार्थका आधारमा चलखेल हुनु पत्रकारिताकाे लागि गम्भीर खतरा हाे। त्यस्ता मिडिया मालिकहरूलाई पत्रकारिता भन्दा बिचाैलियाकाे भूमिकामा लागेका स्वार्थी व्यक्तिहरूका रूपमा व्याख्या गर्न सकिन्छ। त्यसैले तिनले पनि आफ्ना वफादारलाई ल्याउन लागेका छन्।
यस निर्वाचनकाे परिणामसँगै धेरै कुराहरू स्पष्ट हुनेछ। कर्पाेरेट स्वार्थ, राजनीतिक हस्तक्षेप र पत्रकार महासंघकाे उद्देश्यबीचकाे अन्तरविरोध यसपटककाे निर्वाचनले खुलासा गर्नेछ। महासंघमा पत्रकारहरूकै नेतृत्व हुनुपर्नेमा स्वार्थ समूहले प्रभाव जमाउने प्रयास गर्नुले महासंघकाे भूमिकाप्रति विश्वास घटाउन सक्छ।
महासंघले आगामी दिनमा स्वतन्त्र पत्रकारिता, पेशागत मर्यादा र संस्थागत इमान्दारिता जोगाउन प्रभावकारी भूमिका खेल्न सक्नुपर्छ। यदि यसमा चुकिन्छ भने महासंघ आफ्नाे उद्देश्यबाट नै पहिलाभन्दा थप भटकिनेछ। जसकाे दीर्घकालीन असर नेपाली पत्रकारितामा पर्नेछ। अब निष्पक्षता र स्वतन्त्रतालाई कायम राख्न पत्रकारहरू आफैं सचेत हुनु जरुरी देखिन्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया