राेमाञ्चक खेलमा कर्णाली ७ रनले विजयी, विराटनगर स्तब्ध

Break n Links
Break n Links

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले दाेस्राे जित दर्ता गरेकाे छ।

शनिबार विराटनगर किङ्ग्सलाई ७ रनले पराजित गर्दै कर्णालीले एनपिएलमा दाेस्राे जित दर्ता गरेकाे हाे।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले दिएकाे १३४ रनकाे मध्यम लक्ष्य पछाएकाे विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्याे।

खेल निकै राेमाञ्चक बनेकाे बन्याे। विराटनगरलाई जितका लागि अन्तिम ३ ओभरमा ३० रन आवश्यकता थियाे। तर, १७औँ ओभरमा बलिङ गर्न आएका नन्दन यादवले पहिलाे बलमा १८ रन बनाएर खेलिरहेका दीपक बाेहरालाई आउट गरे। दाेस्राे बलमा १ रन र तेस्राे बलमा चाैका खान पुगे। र, चाैथाे बलमा ४० रन बनाएर खेलिरहेका निकाेलस किर्टनलाई आउट गर्न सफल भए। ओभरकाे अन्तिम बलमा चाैका खाएपनि पनि याे ओभरबाट खेल कर्णालीकाे पक्षमा आयाे।

त्यसपछि १८औँ ओभरकाे दाेस्राे बलमा कप्तान साेमपाल कामीले क्रिस साेललाई शून्य रनमा आउट गरे। साेलले अघिल्लाे खेलमा अन्तिममा उत्कृष्ट फिनिसिङ गर्दै विराटनगरलाई राेमाञ्चक जित दिलाएका थिए।

त्यसपछि क्रिजमा रहेका कप्तान सन्दीप लामिछाने र प्रतिस जिसीलाई बल खाँदा जित कर्णालीकाे पक्षमा पर्याे।

विराटनगरलाई अन्तिम ओभरमा १५ रन चाहिएकाे थियाे। तर, सन्दीप र प्रतिसले ८ रन मात्रै जाेड्न सके।

विराटनगरका लागि निकाेलसले ४० र लाेकेश बमले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलाे रन जाेड्न सकेनन्।

कर्णालीका नन्दन यादवले ३, विपिन शर्माले २ तथा साेमपाल कामी, विलियम बिसिस्ट्राे र उनिष ठकुरीले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेकाे कर्णालीले निर्धारित २० ओभरमा पूरै विकेट गुमाएर १३३ रन बनाएकाे थियाे।

कर्णालीका ओपनर देव खनाल र व्हिलियम बिस्टाेले अर्धशतक प्रहार गरे। खनालले ४८ बलमा ५३ र बिस्टाेले ४९ बलमा ६६ रन प्रहार गरे। अन्य कुनै पनि खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।

बिराटनगरका प्रतिस जिसीले ४ तथा क्रिस साेल र बसिर अह्मदले २-२ विकेट लिए। भने, अकिब इलियसकाे नाममा १ विकेट रह्याे।

जारी प्रतियाेगितामा कर्णालीकाे याे चार खेलमा लगातार दाेस्राे जित हाे। भने, विराटनगरकाे याे तेस्राे हार हाे। याे हारपछि विराटनगर एनपिएलमा तीन खेल हार्ने दाेस्राे टाेली बनेकाे छ। लुम्बिनीले पनि तीन खेल हारेकाे छ।

याे खेलपछि कर्णालीले चाैथाे स्थानमा यथावत राखेकाे छ भने विराटनगर साताैं स्थानमा झरेकाे छ।

अहिलेसम्मकाे खेलअनुसार एनपिएलमा एउटा पनि खेल नहारेका सुदूरपश्चिम राेयल्स पहिलाे र जनकपुर बाेल्ट्स दाेस्राे स्थानमा रहेका छन्। भने, चितवन राइनाेज तेस्राे स्थानमा रहेकाे छ।

कर्णालीले अब साेमबार पाेखरा एभेन्जर्ससँग खेल्ने छ। भने, विराटनगरले बुधबार पाेखरा एभेन्जर्ससँगै खेल्नेछ।

प्रकाशित मिति: : 2024-12-07 16:18:00

प्रतिकृया दिनुहोस्