बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनीलाई लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम राेयल्स शीर्ष स्थानमा उक्लिएकाे छ।
शनिबार लुम्बिनीलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिम एनपिएल अंक तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे हाे। याे सुदूरपश्चिमकाे लगातार तेस्राे जित हाे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएकाे १८८ रनकाे लक्ष्य पछाएकाे लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्रै १२४ रन बनाउन सक्याे। लुम्बिनीका लागि विवेक यादवले अर्धशतक प्रहार गरेता पनि त्याे जितका लागि पर्याप्त भएन। उनले ५४ बलमा ७७ रन प्रहार गरेका थिए।
लुम्बिनी सुरुवाती चरणमा नै संकटमा परेकाे थियाे। उसले १९ रन बनाउँदा महत्वपूर्ण ५ विकेट गुमाएकाे थियाे। त्यसपछि सन्दीप जाेरा र यादवले खेललाई लयमा फर्काउने काेसिस गरेता पनि सुदूरपश्चिमकाे घातक बलिङका अगाडि सफल हुन सकेन।
सुदूरपश्चिमका साइफ जाइब र ब्राण्डन म्याकमुलेनले समान ३-३ विकेट लिए। त्यस्तै स्कट कुग्गेलेइज्नले २ र अविनास बाेहराले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमले ५ विकेट गुमाएर १८७ रन बनाएकाे थियाे।
सुदूरपश्चिमका लागि साइब जाइब ९०, कप्तान दीपेन्द्रसिंह ऐरीले ३९, ब्राण्डनले २३ र विनाेद भण्डारीले १७ रन जाेडेका थिए।
लुम्बिनीका रामाेन सम्माेड्सले २ तथा विवेक यादव र राेहित पाैडेलले १-१ विकेट लिए।
एनपिएलमा लुम्बिनीकाे याे लगातार तेस्राे हार हाे। याे हारसँगै लुम्बिनीकाे क्वालिफायर सम्भावना चुनाैतीपूर्ण हुने सम्भावना बढेकाे छ।
लुम्बिनीले आइतबार जनकपुर बाेल्ट्ससँग प्रतिस्पर्धा गर्दैछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया