बिएल संवाददाता
कवि तथा कथाकार खेम बतासकाे शब्द, किरण भुसालकाे सङ्गीत र स्वरमा हिमालय भट्टले भर्खरै बजारमा नयाँ गीत ल्याएका छन्। किरण भुसाल युट्युब च्यानलबाट सार्वजनिक गरेकाे ‘इजा’ शीर्षककाे गीतमा सुदूरपश्चिमका विभिन्न पर्यटकीय क्षेत्रका अनुपम दृष्टचित्रहरु रहेका छन्।
मुलतः बसाइँसराइ गरेर जन्मस्थानबाट विदेशमा बस्नेहरुमा समर्पित गीतमा विश्वकाे जुनसुकै स्थानमा पुगे पनि जन्मभूमिलाई बिर्सन नहुने भाव व्यक्त गरिएकाे छ। गैरडाेटेली भाषी भएर पनि गीतलाई उचित न्याय दिनु गायक किरण भुसालकाे शक्ति रहेकाे छ। सम्भवतः डाेटेली भाषाका लेखिएकाे गजललाई पहिलाेपल्ट गीतकाे रुपमा आएकाे गीतकार खेम बतासले बताए।
गीतले सुदूरपश्चिमकाे माैलिकतालाई बाेकेकाे छ। ‘इजा’ भनेकाे डाेटेली भाषामा आमा हुन्छ। प्रकृतिकाे मानवीकरण गरिएकाे उक्त गजल गीतले ठाडी भाकाकाे लयलाई टपक्क टिपिएकाे छ। किरण भुसालले यसअघि चलचित्र प्रेमगंज र पशुपति प्रसाद- २ भष्मे डनमा संगीत दिइसकेका छन।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया