सप्तरीमा नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण सभाबाटै पक्रउ परेका छन्। डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष धिरेन्द्र कुमार साह पदभार ग्रहण सभाबाटै पक्राउ परेका हुन्।
उनी यही मंसिर १६ गते भएको उपनिर्चनमा जनता समाजवादी (जसपा)बाट विजयी भएका थिए। बिहीबार स्थानीय एक युवतीको हत्या गरेको आरोपमा उनी पदभार ग्रहरण सभाबाटै पक्राउ परेका हुन्।
पदभार ग्रहण सभा डाक्नेश्वरी १ को वडा कार्यालयमा राखिएको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीकाअनुसार साहलाई पक्राउ गरि अनुसन्धान भइरहेको छ।