बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम राेयल्सले दाेस्राे जित दर्ता गरेकाे छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडाैँ गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिमपले दाेस्राे जित दर्ता गरेकाे हाे।
सुदूरपश्चिमले दिएकाे १६८ रनकाे लक्ष्य पछाएकाे काठमाडाैँ १५.४ ओभरमा ९४ रन बनाएर अलआउट भयाे।
काठमाडाैँका स्टेफन स्कीनाजीले ३७, सुमित महर्जनले १४ तथा भीम सार्की र गेरहार्ड इरास्मसले समान १०-१० रन बनाउनुबाहेक अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
सुदूरपश्चिमका नरेन साउदले ५ र अविनास बाेहराले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएकाे थियाे।
सुदूरपश्चिमका लागि ब्रैंडन मैकमुलेनले अर्धशतक प्रहार गरे। ३६ बलकाे सामना गरेका उनले ३ चाैका र ४ छक्का प्रहार गरे।
त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ र विनाेद भण्डारीले ३५ रन प्रहार गरे।
काठमाडाैँका राशिद खानले २ विकेट लिए। भने, कप्तान करण केसी, शहब आलम र गेहार्ड इरास्मले १-१ विकेट लिए।
याे सँगै सुदूरपश्चिमले लगातार दाेस्राे जित गर्दा गरेकाे छ। भने, काठाडाैँकाे याे दाेस्राे हार हाे। काठमाडाैँ यसअघि चिवतनसँग पराजित भएकाे थियाे भने, कर्णालीमाथि जित निकालेकाे थियाे।
सुदूरपश्चिमले अब आइतबार लुम्बिनीसँग प्रतिस्पर्धा गर्ने छ।
त्यस्तै काठमाडाैँले बुधबार लुम्बिनीसँग भिड्ने छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया