बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले बाराकाे वरियारपुरस्थित गढीमाईकाे पूजा अर्चनाको गरेका छन्।
गृहमन्त्री लेखकले लाखौँ श्रद्धालु भक्तजनहरुको भिडभाडमा उपस्थित भई पूजा गरेका हुन्।
विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रियस्तर एउटै ठूलो पहिचान दिएको भन्दै गढीमाई मन्दिरको संरक्षणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले बताए।
गढीमाई मेलालाई व्यवस्थित बनाउनको लागि आफूले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहने गरी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताए।
मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले आवश्यक परेमा थप सुरक्षाकर्मी खटाइने गृहमन्त्री लेखकले बताए।
गृहमन्त्री लेखकले पूजा–अर्चनापछि बारा र पर्साका जिल्लाको प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसँगसंग भेटेर मेलामा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाई सुक्ष्म निगरानी राख्न निर्देशन दिएका थिए।
‘मेलामा आउने हरेक श्रद्धालु भक्तजनहरुको सुरक्षामा कुनै कमी नहोस्। सुरक्षा निगरानी राख्न सिसि टिभी क्यामरा, सुरक्षा सर्वेलान्स, हरेक उपकरणको प्रयोग गरेर निगरानी गर्नुहोला’, उनले भने।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया