बिएल संवाददाता
रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काका लागि नयाँ कार्यकक्ष बनाइएको छ।
मंगलबार प्राधिकरणमा तयार भएकाे कार्यकक्षमा ऊर्जामन्त्री खड्काले बुधबार कार्यभार सम्हालेका छन्।
प्राधिकरण सञ्चालक समितिको अध्यक्ष ऊर्जामन्त्री रहने प्रावधान छ। यसअघि प्राधिकरण मुख्यालयमा अध्यक्षको कार्यकक्ष थिएन। कार्यकक्ष बनेको भोलिपल्टै ऊर्जामन्त्री खड्का पुगेर कुर्सीमा बसेका हुन्।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जिल्लाबाहिर गएका बेला त्यहाँ रातारात कार्यकक्ष बनाइएको हो।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले प्राधिकरणमा आउँदा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक भएकाले बनाइएको बताए।
उनले भने, ‘प्राधिकरणका अध्यक्षको हैसियतले कार्यकक्ष बनाउन लगाएको र यहाँ आउँदा बस्ने ठाउँसम्म नभएका कारण आवश्यक थियो।’

कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया