एसिसी एसिया कप यू- १९मा नेपालले अफगानस्तानलाई पराजित गरेकाे छ। बुधबार दुबईमा नेपालले अफगानस्तानलाई १ विकेटले पराजित गरेकाे हाे।
अफगानस्तानले दिएकाे १२४ रनकाे सामान्य लक्ष्य पछाएकाे नेपालले कठिनाइ बाबजुद ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्याे।
नेपालका लागि नरेन्द्र साउदले २६, अर्जुन कुमालले २१, कप्तान हेमन्त धामीले २२ तथा अभिषेक तिवारीले १३ रन प्रहार गरे। अन्य खेलाडीले दाेहाेर अंक जाेड्न सकेनन्।
अफगानस्तानका अल्हा घजान्फर र खातिर स्टानिकजाइले समान ३-३ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेकाे अफगानस्तान ३५.४ ओभरमा १२३ रन बनाएर अलआउट भएकाे थियाे।
नेपाल यस खेलअगावै प्रतियाेगिताबाट बाहिरिएकाे छ।