स्थानीय तहको उपनिर्वाचन सम्पन्न, रातिदेखि मतगणना सुरु हुने

Break n Links
Break n Links

स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएकाे छ। आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो।

रिक्त रहेकाे ४१ पदका लागि आइतबार २९३ मतदान केन्द्रमा मतदान भएकाे थियाे।

मतदान शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार आजै रातिदेखि मतगणना सुरु हुनेछ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज उपनिर्वाचन भएको हो।

४४ पद रिक्त रहेकाेमा तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्। जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् भने रुकुम पूर्व जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित भएका हुन्।

प्रकाशित मिति: : 2024-12-01 17:33:00

प्रतिकृया दिनुहोस्