बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बाेल्ट्सले विजय सुरुवात गरेकाे छ।
उद्घाटन खेलमा सन्दीप लामिछाने कप्तान रहेकाे विराटनगर किङ्ग्सलाई ८ विकेटले पराजित गर्दै जनकपुरले विजय सुरुवात गरेकाे हाे।
विराटनगरले दिएकाे १२८ रनकाे लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्याे।
जनकपुरकाे जितमा लाहिरु मिलानथले अविजित अर्धशतक प्रहार गरे। उनले ५३ बलमा ९ चाैका र ६ छक्काकाे मद्दतमा ७५ रन प्रहार गरे।
त्यस्तै हर्ष ठकरले ३३ बलमा २९ रन प्रहार गरे।
ओपनर आशिफ शेख शून्य तथा कप्तान अनिस साह ५ रनमा आउट भए।
विराटनगरका क्रिक साेल र प्रतिश जिसीले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे विराटनगर १९ ओभरमा अलआउट भएकाे थियाे।
विराटनगरका लागि मार्टिन गप्टिलले ५५ तथा अकिब इलियासले १५ रन प्रहार गर्नुबाहेक अन्य खेलाडीले दाेहाेर अंक जाेड्न सकेनन्।
जनकपुरका लागि ललित राजवंशी र हर्ष ठाकरले समान ३-३ विकेट लिए। किशाेर महताेले २ बेन माइकले १ विकेट लिए।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया