नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्। कर्णाली याक्सबाट एनपिएल खेल्न शिखर धवन शुक्रबार नेपाल आइपुगेका हुन्।
भारतीय चर्चित क्रिकेटर धवन गब्बरको उपनामले समेत परिचित छन्। एनपिएलको पहिलो सिजनमा उनी कर्णाली याक्ससँग आबद्ध भएका हुन्।
एनपिएल शनिबार (भाेलि)बाट सुरु हुँदैछ। आठ टिममा रहेका अधिकांश विदेशी खेलाडी नेपाल आइसकेका छन्।
नेपाली क्रिकेटमा फ्यानकाबीचमा अन्य विदेशी क्रिकेटर पनि प्रिय नभएका हैनन। तर, शिखर धवन बढी लोकप्रिय छन्।
भिडियाे: