नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले अनिल कुमार साहलाई कप्तान बनाएको छ।
अनिल स्थानीय खेलाडीसँग राम्रोसँग भिझेको भन्दै जनकपुरले मार्की रहेका आशिफ शेखलाई हटाएर उनलाई कप्तान बनाएको हो।
८ टोली रहेकाे लिगकाे काठमाडौं गोर्खाजमा करण केसी, विराटनगर किंग्समा सन्दीप लामिछाने, चितवन राइनोजमा कुशल मल्ल, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, लुम्बिनी लायन्समा रोहित पौडेल, कर्णाली याक्समा सोमपाल कामी र सुदूरपश्चिम रोयल्समा दीपेन्द्र सिंह ऐरी कप्तान रहेका छन्।