बिआरआईमार्फत ऋण होइन, अनुदान लिनुपर्छ: देउवा

File Photo
File Photo

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन्।

प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न सोमबार जनकपुरधाम पुगेका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोहर्‍याएका हुन्।

‘बीआरआई परियोजनामा हामी प्रस्ट छौँ। ऋण होइन, अनुदान लिनुपर्छ,’ सभापति देउवाले भने, ‘बीआरआई परियोजनामा छलफल जारी छ। छिट्टै एउटा निष्कर्षमा पुगिन्छ।’

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए।

त्यस्तै सभापति देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताए। ‘संघीय सरकारमा कुनै खटपट छैन। यो गठबन्धन रहिरहन्छ,’ देउवाले भने, ‘मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन। अरु दलहरुले पनि निर्णय गर्नुपर्ने हुन्छ।’

प्रकाशित मिति: : 2024-11-25 14:17:00

प्रतिकृया दिनुहोस्