रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ।

रविलाई सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा थप १५ दिन हिरासतमा राखेर अनुन्धान गर्न आइतबार कास्की जिल्ला अदालतले म्याद थप गरेकाे हाे।

सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न रविलाई कात्तिक २ गते नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेर कास्की प्रहरीलाई बुझाएकाे थियाे।

कास्कीमै रहँदा उनलाई रुपन्देहीमा समेत लगेर बयान लिइएकाे छ। भने, जिल्ला प्रहरी कार्यालय काठमाडाैँ र जिल्ला प्रहरी कार्यालय चितवनमा पनि रविविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ।

कास्कीमा म्याद थप गरेर बयानका लागि काठमाडाैँ ल्याउने प्रहरीकाे तयारी रहेकाे छ।

प्रकाशित मिति: : 2024-11-24 15:06:00

प्रतिकृया दिनुहोस्