सोमबार, १५ डिसेम्बर २०२५

गुण्डा नाइके सत्यमान लामा पक्राउ

File Photo
• • •

गुण्डा नाइके सत्यमान लामालाई प्रहरीले पक्राउ गरेकाे छ।

बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय सुनाइएका लामालाई आइतबार साँझ पक्राउ गरिएकाे  जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।

काभ्रेको तेमाल गाउँपालिका–६ घर भएका लामालाई जिल्ला अदालत काठमाडौँले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो तथा ३० लाख जरिवाना सजाय फैसला गरेको थियो। अदालतकाे फैसलापछि उनी फरार थिए।

(तस्बिर अन्यथा भएकाेमा सच्याइएकाे छ)

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!