पेशल पोख्रेल
म लिलाराज खतिवडाको लेखन र लगनको प्रशंसक हुँ। उनी लेखनमै आँधीबेहरी ल्याउँछन्। ती आँधीबेहरी र ज्वारभाटामा देखिने कतिपय विषयवस्तु र उद्धरणहरूमाथि संशय देखाउन सकिन्छ। उनका समसामयिक विश्लेषणहरूमाथि विमति जनाउन सकिन्छ। तर, पक्का छ, लिलाराजको कलमको जादुमयी शक्तिका अघि जस्तोसुकै, जुनसुकै पाठक पनि पग्लिन्छन्, नतमस्तक हुन्छन्।
खोज, अनुसन्धान लिलाराजको रुचि हो। विश्लेषणात्मक, विचारोत्तेजक प्रस्तुति उनको सामर्थ्य हो। निर्भीकता उनको मूल चिनारी हो। अनुभव–अनुभूतिजन्य लेखाइहरूमा उनी जति सवल छन्, त्यति नै इमान्दार लाग्छन्।
त्यसको अर्को प्रमाण हो यो इ-किताब।
यसमा सङ्गृहीत उनका ‘मेरो अतिरेक...’, ‘निबन्धः तत्त्वमीमांसा र जागरण’हरूले मलाई सबैभन्दा बढी तानेका छन्। ‘ज्ञानद’ खण्डमा समाहित जीवनीहरू सार्थक–जीवनका दृष्टान्तहरू हुन्। यद्यपि, महाभारत–रामायणजस्ता काव्यिक–आख्यानहरूबाट टिपिएका जीवनीहरूको धेरै आधिकारिकता नहुन सक्छ।
‘मेरो अतिरेक.....’, निबन्ध...’ र ‘अन्तिम प्रहर...’ मैले हरेक पाठकलाई सिफारिस गर्ने खण्डहरू हुन्। तिनमा पनि दुई भागको ‘सौर्यायान’ लाई मैले दोहोर्याएर पढेको छु। पाठकहरूलाई मेरो एउटा आग्रह छ, अन्तिमका तीन लामा कविता फेरि एक पटक लेखककै वाचन–शैलीमा पढ्नुहोस् (लिलाराजको वाचन गुगलमा भेट्न सकिन्छ), तेहेर्याएर पढ्नुहोस् – अनि तपाईंले कविताको तागत अनुभव गर्नुहुनेछ।
किताबको सुरुतिरै राखिएका समासामयिक राजनीतिक विश्लेषणहरू चाहिँ मेरो रुचिको क्षेत्र र विषय परेनन्। तिनमा मेरो कुनै टिप्पणी रहेन।
लेखकले कतै भनेका छन्, ‘पुस्तक लेख्नु भनेको यस धर्तीमा लामो समयसम्म आफूलाई दर्ता गर्नु हो। त्यसैले म पुस्तक लेख्छु। म अमर हुन चाहन्छु।’ त्यसनिम्ति उनले आफ्नै मनमौजी शैली समातेका छन् – बोल्दा ‘बाघ’ सुनिने र लेख्दा ‘अजिङ्गर’ हुने। मैले अघि पनि भनेको छु – निर्भीकता उनको मूल अस्त्र हो।
तीन दशकयताको संगतमा मैले ठम्याएसम्म लिलाराज अध्यात्म र दर्शनका गम्भीर अध्येता हुन्। सँगसँगै उनी पत्रकार हुन्, साहित्यकार हुन्, विश्लेषक हुन्। आमाले सानैमा ठम्याएझैं ‘औतारी’ हुन्। समग्रमा विचारका अनन्त प्रवाह हुन्।
‘अन्तिम प्रहर, लिलाराजका पृथक कुरा’ त्यस्तै अविश्रान्त प्रवाहको एउटा अर्को श्रृङ्खला हो।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया