बिएल संवाददाता
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न नसक्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवा वर्गको विचार र चिन्तनको आधारमा देशको भविष्य निर्धारण हुने बताएका हुन्।
युवाहरु आशावादी र उनीहरुमा परिवर्तनको हुटहुटी भएमात्र देशको भविष्य राम्रो हुने उनको भनाइ छ। उनले भने, ‘जनतालाई जोड्नैपर्दछ। जबसम्म हामीले राज्यसँग जनतालाई जोड्न सक्दैनौं तबसम्म देश बन्न सक्दैन। जबसम्म देशका कर्णधार मानिने युवा पंक्तिलाई देशसँग जोड्न सकिएन भने देश अध्यारो बन्ने गर्दछ। युवाहरु भनेका बिहानका झुल्के घामहरु हुन्। बिहानले दिउँसोको संकेत गर्छ भनेजस्तै आजका युवाहरु कस्तो अवस्थामा छन् भन्ने आधारमा मुलुकको भविष्य निर्धारण गर्छन्। आजका युवाहरु आशावादी छन्, उनीहरुमा परिवर्तनको हुटहुटी छ, संकल्प छ भने देशको भविष्य राम्रो छ भनेर विश्वास गर्नुपर्दछ।’
उनले देशमा अराजकता मच्चिँदै गएको उल्लेख गर्दै अराजकता राष्ट्रिय समृद्धिको बाधक भएको बताए।
‘अहिले मुलुकमा अराजकता बढ्दै गइरहेको छ। कुनै पनि राष्ट्रको निर्माणका सन्दर्भमा कुरा गर्दाखेरि अराजकता राष्ट्रिय समृद्धिको वाधक हो,’ उनको भनाइ छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया