रविसँगकाे भेटपछि रास्वपाले भन्यो– यो देश मेराे पनि हाेइन र?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेसँगकाे भेटपछि एक सन्देश जारी गरेकाे छ।

अनौपचारिक संवादका आधारमा केन्द्रीय सदस्यले मंगलबार सन्देश जारी गरेका हुन्। 

सन्देशमा सरकारकाे कडा आलाेचना गर्दै यो देश मेराे पनि हाेइन र? भन्दै गीतकाे हरफहरू उनीहरूले भनेका छन्। केन्द्रीय समितिले सन्देशमा सभापति लामिछानेलाई ‘अन्यायको चक्रव्यूहमा फसाइएको’ आरोप लगाएका छन्।

सन्देशमा भनिएको छ, ‘हामी सबैले आक्रोशका साथ भन्नैपर्छ कि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्यायको चक्रव्यूहमा फसाइएको छ। राज्यका शक्ति सञ्चालकहरूले प्रतिशोधको ज्वाला दन्काउँदै, सभापतिसँगै नागरिकको आशा र वैकल्पिक राजनीतिक शक्तिप्रति विश्वासलाई निमोठ्न चाहेका छन्।’

पार्टीका केन्द्रीय सदस्यहरूले सभापति लामिछानेलाई कुनै प्रकारको हताशा नदेखाई निरन्तर उच्च मनोबल कायम राखेको र अन्यायविरुद्ध आवाज उठाइरहेको बताएका छन्।

राणाशासन मुर्दावाद भनेर यो देशमा जनताको पक्षमा आवाज उठाएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दलाई लामिछानेले सम्झिएका छन्।

प्रकाशित मिति: : 2024-11-12 14:00:00

प्रतिकृया दिनुहोस्