बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग क्युवाली कम्युनिस्ट पार्टीका नेता फर्नान्डो गोञ्जालेजले भेट गरेका छन्। गोञ्जालेज महान अक्टोबर समाजवादी क्रान्तिको १०७औँ वार्षिकोत्सवको अवसरमा भारत हुँदै नेपाल आइपुगेका हुन्।
फर्नान्डो उनै गुप्तचर नेता हुन्, जसलाई अमेरिकाले सन् १९९८ मा पक्रेर डेढ दशकपछि सन् २०१४ मा रिहा गरेको थियो। १५ वर्षको जेल सजाय कटाएर अमेरिकी जेलबाट रिहा भएका क्युवाली ‘पाँच जासुस नेता’लाई क्युवाका तत्कालीन राष्ट्रपति राउल क्यास्ट्रोले राजधानी हवानामा स्वागत गर्दै ‘राष्ट्रनायक’ घोषणा गरेका थिए।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठसँगको भेटमा उनले दशकौँ लामो क्युवाविरुद्धको अमेरिकी प्रतिबन्ध मानवाधिकारको सिद्धान्तविपरीत रहेको दाबी गरेका छन्। मानवता–विरोधी गतिविधिको चर्को बिरोध र न्यायोचित व्यवहारको पक्षमा नेपालले निरन्तर पैरवी गरिरहेको जनाउँदै उनले नेपाली कम्युनिष्टहरूलाई धन्यवाद दिएको बताइन्छ।
क्युवाली नेता फर्नान्डोले काठमाडौँ आउनुअघि नयाँ दिल्लीमा भारतीय कम्युनिष्ट पार्टीका विभिन्न नेताहरूसँग पनि भेटघाट गरेका थिए। उनले वामपन्थीहरूको गढ मानिने जेएनयूको अन्तरक्रिया कार्यक्रममासमेत आफ्नो धारणा राखेका थिए।
नेपाल र क्युवाबीच झण्डै पाँच दशकदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ। सन् १९७५ मार्च २५ देखि कूटनीतिक सम्बन्ध रहेको क्युवा–मामिला हेर्ने जिम्मेवारी क्यानाडाको ओटावास्थित नेपाली दूतावासलाई दिइएको छ। नेपालका लागि भने क्युवाको नयाँ दिल्लीस्थित आवासीय राजदूतावासले उक्त जिम्मेवारी पाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया