बिएल संवाददाता
आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा नेपाल यूएईसँग पराजित भएको छ। शनिबार द सेभेन रंगशालामा नेपाल १३ रनले पराजित भएको हो। छनोट खेलमा यो नेपालको पहिलो पराजय हो।
यूएईले यो छनोट चरणमा लगातार ३ खेल जितेको र छ अंकसहित शीर्षस्थानमा रहेको छ। नेपाल भने चार अंकसहित दोस्रोस्थानमा छ।
यूएईले नेपाललाई १२३ रनको लक्ष्य दिएको थियो। २० ओभरमा नेपालले १०९ रनमात्रै जोड्न सक्यो। योबीचमा नेपालले पाँच विकेट पनि गुमायो।
नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा सर्वाधिक ४८ रन योगदान दिइन्। यसका लागि उनले पाँच चौका प्रहार गरेकी थिइन्।
अब आइतबार नेपालले थाइल्यान्डसँग खेल्नेछ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया