सडकमै बस्न बाध्य छन् मान्छेहरू

मान्छे किन सडकमा जीवन बिताउन बाध्ये हुन्छ? यसका अनेकन पक्षहरू हुन्छन्। विशेष गरेर सडकमा जीवन बिताउन बाध्य हुनेहरूमा मानसिक रुपमा कमजाेर भएकाहरू हुन्। 

सरकार सडक मानवमुक्त गर्ने भनेर भनिरहन्छ। तर तीन तहकाे सरकार हुँदा पनि सडक मानव मुक्त हुन सकेकाे छैन। कयाैँ व्यक्ति अहिले पनि सडकमै जीवन बिताउन बाध्ये भएका छन्। 

पछिल्लाे करिब  एक महिनाकाेबीचमा सडकमा जीवन बिताउन बाध्ये भएका १ सय ८९ जनाकाे  उद्धार हुनुले पनि सडकमा जीवन बिताउनेहरूप्रति सरकार कति उदासिन हुन्छ भन्ने देखाउँछ। 

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले गएकाे असाेज २६ गतेदेखि शुक्रबार कार्तिक २३ गतेसम्म १ सय ८९ जनाकाे उद्धार गरेकाे हाे। मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ सडकमा जीवन बिताउन बाध्ये भएकाहरूकाे उद्धार गरिएकाे हाे। 

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा शुक्रबार गोरखाबाट १ जना, तनहुँबाट १ जना, चितवनबाट २ जना र धादिङको गजुरी गाउँपालिका–५ बाट २ गरि ६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरु उद्धार गरिएको थियाे।  

शुक्रबार उद्धार हुनुभएका ६ जनालाई मानवसेवा आश्रम काठमाडौंँको रानीवनसेवाकेन्द्रमा संरक्षणका लागि राखिने भएको छ।  

असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २६ औँ दिन धादिङको गजुरीसम्म आइपुग्दा १८९ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।  

उद्धार गरिएका १४६ जना पुरुष र ४३ जना महिलाको संख्यामध्ये ५ बालिका र ४ बालक पनि रहेका छन्। राष्ट्रिय उद्धार टोली शुक्रबार गोरखा हुँदै तनहुँ, चितवन, धादिङका  सडकपेटी रहेका सहयोगापेक्षी मानवहरूको उद्धार सेवामा खटिएको हो। 

साथै मेची–महाकाली राष्ट्रिय उद्धार टोलीले शुक्रबार २६ दिनको यात्रालाई बिट मार्दै शुक्रबार नै उपत्यका प्रवेश गरिसकेको छ  भने शनिबारदेखि  काठमाडौँ उपत्यका  सडकपेटी तथा सार्वजनिक  स्थानमा रहनुभएका सडकआश्रित मानवहरुको उद्धार सेवामा रहने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: : 2024-11-09 08:12:00

प्रतिकृया दिनुहोस्