लगातार नयाँ रेकर्ड बनाएकाे सुनको मूल्य घट्यो

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको छ। आज एकै दिन सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ। यसअघि बुधबार १ लाख ६६ हजार ७ सय रूपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि ४० रूपैयाँले घटेको छ। बुधबार तोलामा २१ सय  ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले घटेर २ हजार ९५ रूपैयाँमा कारोवार भइरहेको छ।  

प्रकाशित मिति: : 2024-10-24 11:13:00

प्रतिकृया दिनुहोस्