वेस्ट इन्डिजमाथि ८ रनकाे जित निकाल्दै न्युजिल्याण्ड विश्वकपकाे फाइनलमा

न्युजिल्याण्ड आइसिसी टी- २० महिला विश्वकपकाे फाइनलमा पुगेकाे छ।

शुक्रबार राति दुबईमा सम्पन्न सेमिफाइनल खेलमा वेस्ट इन्डिजमाथि ८ रनकाे जित निकाल्दै न्युजिल्याण्ड फाइनलमा पुगेकाे हाे।

न्युजिल्याण्डले दिएकाे १२९ रनकाे लक्ष्य पछ्याएकाे वेस्ट इन्डिज निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्रै १२० रन बनायाे।

त्यसअघि पहिले ब्याटिङ गरेकाे न्युजिल्याण्डले ९ विकेट गुमाएर १२८ रन जाेडेकाे थियाे।

अब न्युजिल्याण्डले उपाधिका लागि आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2024-10-18 23:30:00

प्रतिकृया दिनुहोस्