राजनीतिक अस्थिरताको अन्त्य नगरेसम्म साधन, स्रोतको सही सदुपयोग गर्न सकिँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा आर्थिक विकासको निम्ती प्रकृतिको असिमित स्रोत साधन भएर पनि प्रगति हुन नसकेको बताएका छन्।

शुक्रबार हिन्दु आर्थिक फोरम, नेपाल बिजनेस मिट २०२४ प्यानल डिस्कसनलाई सम्बोधन गर्दै उनले जग जमिन, जडिबुटी, मेहेनती जनशक्ति हुँदा पनि विकासको गति नेपालले लिन नसकेको बताएका हुन्।

उनले भने, ‘नेपालमा आर्थिक विकासका निम्ती प्रकृतिले दिएको स्रोत साधन असिमित छ। जल जमिन, जडिबुटी, मेहेनती जनशक्ति पनि निकै धेरै छ, यो सबै प्रकृतिले दिएको र ईतिहासले दिएको हाम्रो विराशत जस्तो छ र त्यो विराशतले दिएको कुराहरुलाई समेटेर हामिले नेपाललाई विकासको गतितर्फ लग्नुपर्ने हो तर त्यो हुन सकिरहेको छैन।’

साथै, उनले ओभर पोलिटीसाइजेशन र राजनीतिक अस्थिरता नै प्रगतिको बाधक रहेको बताए। उनले पोलिटीसाइजेशन र राजनीतिक अस्थिरताको स्थितिको अन्त्य गर्न नसकेसम्म देशमा भएका साधन, स्रोतको सही सदुपयोग गर्ने वातावरण नबन्ने उनको भनाइ छ।

उनले भने, ‘हामीसँग साधन, स्रोतको कमी भएर पनि होइन। अध्ययनशील जनशक्तिको कमी भएर पनि होइन। बिजनेश अनुभव भएकाहरुको कमी भएर पनि होइन। फेरि पनि हामीले किन सोचेजस्तो प्रगति गर्न सकेका छैनौँ भन्दा चाहिँ ओभर पोलिटीसाइजेशन नै, राजनीतिक अस्थिरता नै यसको केन्द्रमा आउँछ भनेर हामीले भन्न हिचकिचाउन हुँदैन।’

प्रकाशित मिति: : 2024-10-18 17:58:00

प्रतिकृया दिनुहोस्