महिलाकाे काेठामा पुगेका युवककाे कुटपिटपछि हत्या, तीन जना पक्राउ

एक युवककाे कुटपिटपछि हत्या गरेकाे आराेपमा प्रहरीले महिलासहित तीन जनालाई पक्राउ गरेकाे छ।

सुर्खेतकाे लेकबेँसी- २, घर भई काठमाडाैँकाे कागेश्वरी मनाेहरा बस्दै आएका ४३ वर्षीय हाेमबहादुर फाैजामगरकाे कुटपिटपछि हत्या गरेकाे आराेपमा काठमाडाैँ प्रहरीले तीन जनालाई पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेहरुमा पाँचथर घर भई कपन बस्दै आएका ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चाेक घर भई कपन बस्दै आएका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भई नयाँबस्ती बस्दै आएकी २७ वर्षीया विमला भट्टराई रहेका छन्।

उनीहरुकाे कुटपिटबाट घाइते भएका हाेमबहादुर मंगलबार दिउँसाे नयाँबस्तीमा भेटिएकाे र उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीकाअनुसार अमृत र भुवन विमलाकाे काेठामा बसिरहेकाे थिए। त्यसक्रममा काेठामा पुगेका हाेमबहादुरमाथि तीन जनाले कुटपिट गरी घाइते बनाएका थिए।

हाेमबहादुरलाई कुटपिटपछि घाइते बनाएर लेखेकाे हुन सक्ने प्रहरीले जनाएकाे छ।

पक्राउ परेकी विमला विवाहित महिला हुन्। उनका श्रीमान राेजगारीका लागि विदेशमा छन।

पक्राउ परेका तीन जनामाथि अनुसन्धान भइरहेकाे छ।

प्रकाशित मिति: : 2024-10-16 13:39:00

प्रतिकृया दिनुहोस्