नेपाल आयल निगमले डिजेल र पेट्राेलकाे मूल्यवृद्धि गरेकाे छ।
निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य लिटरमा १ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ४ रूपैयाँ बढाएको जानकारी दिएको छ।
अब पेट्राेलकाे मूल्य पहिलाे वर्गका सहर (चारआली, विराटनगर, जनकपुर, अमलेगञ्ज,भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज)मा १५६ रुपैयाँ ५० पैसा र दाेस्राे वर्गका सहर (सुर्खेत र दाङ)मा १५७ रुपैयाँ र तेस्राे वर्गका सहर (काठमाडाैँ, पाेखरा र दीपालय)मा १५८ रुपैयाँ पुगेकाे छ।
त्यस्तै डिजेल र मट्टीतेलकाे मूल्य पहिलाे वर्गका सहजरमा १४८ रुपैयाँ ५० पैसा, दाेस्राे वर्गका सहरमा १५० रुपैयाँ र तेस्राे वर्गका सहरमा १५१ रुपैयाँ कायम भएकाे छ।
भारतबाटै मूल्यवृद्धि भएर आएका कारण नेपालमा पनि मूल्य बढेकाे निगमले जनाएकाे छ।