झिटिझ्याम्टा बाेकेर राजधानी फर्किन थाले दसैँ मनाउन गाउँ गएकाहरु (फोटो/भिडियो)

२०८१ सालको वडादसैँको सार्वजनिक बिदा सकिएसँगै गाउँ गएकाहरु काठमाडौं फर्किनेक्रम सुरु भएको छ।

पूर्वी नेपाललाई जोड्ने वीपी राजमार्ग र अरनिको राजमार्ग भएर काठमाडौं उत्रिनेहरुको भीड मंगलबार कोटेश्वरमा देखिएको छ।

बाढी र पहिरोबाट क्षतिग्रस्त वीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएपछि काठमाडौं आउनेहरुको चाप बढेको छ। अरनिको राजमार्ग पनि सहज भएको छ।

मंगलबारदेखि बडादसैँका लागि भनेर दिइएको पाँच दिनको सार्वजनिक बिदा सकिएसँगै काठमाडौं जोडने कलंकी र कोटेश्वरमा यात्रुहरुको चाप देखिएको हो। कोटेश्वर र जडिवुटी क्षेत्रमा सवारी जाम समेत सुरु भएको छ।

पछिल्लो २४ घण्टामा ४८ हजार ६ सय जना यात्रुहरु काठमाडौं उपत्यका भित्रिएको ट्राफिक प्रहरी कार्यालयले तथ्यांक छ।

प्रकाशित मिति: : 2024-10-15 16:52:00

प्रतिकृया दिनुहोस्