जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले लुम्बिनी, सुदूरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमि वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाव रहेको जनाएकाे छ।
कोशी प्रदेश र मधेश प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।