दसैँमा नेपाल प्रहरीले नि:शुल्क बस चलाउने

फाइल तस्बिर
फाइल तस्बिर

दसैँमा नेपाल प्रहरीले काठमाडाैँ उपत्यकामा नि:शुल्क बस चलाउने भएकाे छ।

सार्वजनिक सवारी साधनहरु न्युन मात्रामा चल्ने हुनाले यात्रुहरुकाे सहजताकाे लागि शुक्रबार र शनिबार नि: शुल्क बस चलाउने तयारी भएकाे प्रहरी प्रवक्ता एवम् प्रहारी नावय महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

त्यसका लागि प्रहरीले रूटसमेत सार्वजनिक गरेकाे छ। जसअनुसार एउटा रुट प्रहरी प्रधान कार्यालय नक्सालबाट सुरु भएर बालुवाटार-टिचिङ-चक्रपथ-नयाँ बसपार्क-बालाजु-स्वयम्भू-कलंकी-बल्खु-सातदाेबाटाे-लगनखेल-जावलाखेल-थापथली-माइतीघर-पुतलीसडक हुँदै जयनेपालसम्म पुग्नेछ।

भने, अर्काे रुट नक्सालबाट सुरु भएर राताेपुल-गाैशाला-एयरपाेर्ट-ठिमी-सल्लाघारी-सूर्यविनायक पुगेर सल्लाघारी-ठिमी-काेटेश्वर-एयरपाेर्ट-चावहिल-सुकेधारा-चक्रपथ-टिचिङ-बालुवाटार हुँदै नक्साल पुग्नेछ।

यी दुवै रुटमा बिहान साढे ८ बजेदेखि दिउँसाे ४ बजेसम्म २ सिफ्टमा बस चल्नेछन्।

प्रकाशित मिति: : 2024-10-10 22:00:00

प्रतिकृया दिनुहोस्