दसैंको टीका र आशीर्वादमा के छ? (भिडिओसहित)

दसैंको प्रमुख विशेषता भनेकै मान्यजनले दिने आशीर्वाद हो। संस्कृतमा लेखिएका श्लोक वाचन गरेर पनि दसैंमा मान्यजनले आशीर्वाद दिने गर्छन्।

दसैंमा दिइने आशीर्वादमा ऐश्वर्य, आयु, आरोग्य, ज्ञान आदि विषयलाई समेटिएको हुन्छ। दसैंमा दिइने आशीर्वादमा विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होस् भन्ने कामना पनि गरिन्छ।

तर पुरुष र महिलालाई आशिष दिने बेग्लाबेग्लै श्लोक बाचन गर्ने प्रचलन छ। धेरै मानिसहरुलाई यस्तो श्लोक कन्ठस्त भए पनि यसको अर्थ भने कमैलाई थाहा छ।

टीक लगाउने भनेको प्रकृति पूजकको रुपमा पनि बुझिन्छ। जसले प्रकृतिलाई पूजा गर्छन् उनीहरूको आफ्नै विधि छ। उनीहरूले प्रकृतिबाट लिने भनेको सेतो हो। सेतो दही हुन्छ, अक्षता हुन्छ। दही र अक्षता सेतो भएको हुनाले आफ्नो विधि र भिन्नता छाड्नु भएको छैन्। संस्कृत विश्वविद्यामलयका धर्मशास्त्रविद् प्राध्यापक डाक्टर देवमणि भट्टराई आशीर्वादको गहनता बुझ्दा महिला र पुरुषको अलग अलग नभएको बताउँछन्।

‘तर आशीर्वादमा समुदाय र पारिवारिक परम्पराअनुसार विविधता देखिन्छ। अग्रजहरूले आशीर्वाद दिँदा प्रगतिकै कामना गर्छन्। तर समयक्रमसँगै दशैँमा दिइने आशीर्वचनमा क्रमशः रूपान्तरण भएको देखिन्छ,’ उनी भन्छन्। 
 

प्रकाशित मिति: : 2024-10-10 14:38:00

प्रतिकृया दिनुहोस्