अफवाह फैलाउने ४३ युट्युवलाई कारवाही गर्न सिफारिस, ३ अनलाइन कालोसूचीमा

File Photo
File Photo

प्रेस काउन्सिल नेपालले भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युव च्यानललाई कारवाही गर्न सिफारिस गरिएकाे छ।

काउन्सिलले आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेपण गर्ने, अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानलको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीकाे साइबर व्युरोमा पत्राचार गरेकाे हाे।

यस्तै काउन्सिलले आचारसंहिताबमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने टिभि अन्नपूर्ण डटकम, बीपीक्राइमन्यूज डट कम र सेतोखरी डटकमलाई कालोसूचीमा राखी कारबाही अगाडि बढाएको छ।

त्यसैगरी विवादास्पद समाचार सम्प्रेषण गर्दै आएको आरोपमा अनलाइनपाना डटकम, दियोपोष्ट डटकम, स्वास्थ्यलाइभ डटकम, जनताटाइम्स डटकम, खप्तडटिभि डट कम, गुडटिभी डटकम, अर्थसञ्जाल डटकमलगायतलाई विशेष अनुगमनमा राखी निगरानी गरिरहेको काउन्सिलले जनाएको छ।

गत साउन महिनायता हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएकाे छ।

काउन्सिलका अनुसार मिडियाअन्तर्गत सञ्चालनमा रहेका तर आचारसंहिता प्रतिकूल उल्लिखित किसिमका सामग्री सम्प्रेषण गर्ने ५ वटा अनलाइनलाई हटाउन निर्देशन दिइ सचेत गराइएको, ५ वटा सामाजिक सञ्जाललाई आचारसंहिता प्रतिकूल देखिएका सामग्रीका विवादित अंश हटाइ स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको तथा ४ वटा दर्ता/सूचीकरण नभएका वेबपोर्टल/सामाजिक सञ्जालका आचारसंहिता प्रतिकूल सामग्री हटाउन निर्देशन दिइएकाे छ। त्यस्ता  सामग्री नहटाए प्रचलित कानुनबमोजिम कारबाही हुने काउन्सिलले उल्लेख गरेकाे छ।

प्रकाशित मिति: : 2024-10-07 17:24:00

प्रतिकृया दिनुहोस्