नवनियुक्त प्रधानन्यायाधीशकाे पाँच बुँदे योजना- छिटो छरितो न्याय, न्यायमा पहुँच

Break n Links
Break n Links

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले प्रधानन्यायाधीश जस्तो हैसियतमा पुग्नु आफ्ना लागि ऐतिहासिक दिन बनेको बताएका छन्।

आइतबार सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेपछि प्रधानन्यायाधीश राउतले यस्ताे बताएका हुन्।

उनले नेपालको न्यायालय अहिले लयमा फर्किएको भन्दै उनले त्यसलाई समृद्ध बनाउनका लागि आफूहरु लागिपरिरहेको बताए।

उनले भने, ‘मेरो लागि आज ऐतिहासिक दिन हो। किनभने देशको प्रधानन्यायाधीशको हैसियतमा छु। नेपालको न्यायालय अहिले लयमा फर्किएको छ। सुखद् र गौरवको विषय हो। यसलाई समृद्ध बनाउनु पर्छ। त्यसको लागि हामी लागि परेका छौँ।’

उनले आफ्ना पाँचवटा बुँदाहरु लक्ष्यको रुपमा सुनाउँदै त्यसलाई जसरी पनि पूरा गर्ने प्रतिबद्धता जनाए।

‘पाँच वटा बुँदाहरु लक्ष्यका रुपमा निर्धारित गरेका छौँ। छिटो छरितो गुणस्तरीय न्याय, न्यायमा पहुँच, न्यायिक सुशासन, जनआस्थामा अभिवृद्धि, सूचना प्रविधिको प्रचुर प्रयोग र मानव संसाधन र भौतिक पूर्वाधार पूर्वाधार लक्ष्य हुन् र पवित्र पनि छन्’, उनले भने।

उनले आफूले पहिले पनि राज्यको चौथो अंगको रुपमा काम गरेको भन्दै अब पनि त्यही अनुरुप काम गर्ने बताए। उनले आइतबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका थिए। 

प्रकाशित मिति: : 2024-10-06 16:37:00

प्रतिकृया दिनुहोस्