आमाबाट अभिनय सिकेकी सुर्भी चन्दना (तस्बिरहरु)

photo–agency
photo–agency

भारतीय टीवीकी सुन्दर अभिनेत्रीमध्ये एक हुन् सुर्भी चन्दना। उनीसँग काम गर्न चाहन्छन् हरकोही अभिनेता र निर्माताहरू। 

तर कुनैबेला यस्तो पनि थियो कि मेकर्सहरू उनलाई कास्ट गर्ने चाहदैन थिए। सिरियल ‘इश्कबाज’बाट चर्चामा आएकी उनको अभिनयको फ्यान्स बनेका थिए करोडौं दर्शकहरू। 

तर कुनैसमय यति पनि थियो कि उनलाई शोबाटै निकाल्न चाहन्थे। उनले बताएअनुसार सुरुवाती दिनहरूमा उनले धेरै दुख झेलेकी थिइन्। यस्तो पनि दिन आएको थियो कि उनलाई सिरियलबाट लगभग निकालिसकेको थियो। 

मुम्बईकी सुर्भी कलेज पढ्दै मोडलिङ गर्न थालिन्। विगतका दिनहरूमा उनले सानोतिनो विज्ञापनमा पनि काम गरिन्। त्यसपछि उनले टिभी इन्डस्ट्रीमा कदम राखिन्। सबैभन्दा अगाडि उनले ‘तारक मेहताका उल्टा चश्मा’मा काम गरिन्। 

खासमा उनले २००९ सालमा सिरियलमा छोटो अभिनय गरेकी थिइन्। उनलाई आफ्नो क्यारेक्टरको लाइनै याद थिएन। जसकारण उनीमाथि भड्किएका थिए मेकर्सहरू। त्यतिबेला लगभग उनलाई शोबाट निकालिसकेको थियो। 

आमाको कारण मिल्यो सफलता 

जब सुर्भीले आफ्नो डायलग याद नहुने बताइन्। त्यसपश्चात उनकी आमाले सुर्भीलाई धेरै सहयोग गरिन्। ती स्क्रिप्टको लाइन याद लगाउन। त्यसपछि सुर्भीलाई पनि सहज हुँदै गयो। 

भलै, उनले सुरुवाती दिनमा धेरै संघर्ष गरिन्। तर अहिले भने उनी चर्चित अभिनेत्री बनेकी छन्। उनको अभिनयको घायल छन् दर्शकहरू। 

प्रकाशित मिति: : 2024-10-12 13:47:00

प्रतिकृया दिनुहोस्