नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

Break n Links
Break n Links

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वाेच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिती रहेको थियो।

याे पनि...

प्रकाशित मिति: : 2024-10-06 14:46:00

प्रतिकृया दिनुहोस्