राउत प्रधानन्यायाधीश नियुक्त, शपथ आजै

File Photo
File Photo

सर्वाेच्च अदालतकाे प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राउतलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

राउतलाई राष्ट्रपति भवन शीतलनिवासमा आजै दिउँसो १ः३० बजे सर्वोच्चको ३२औँ प्रधानन्यायाधीशको रूपमा शपथ खुवाउन तयारी गरिएकाे छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ गतेदेखि अवकाशको बिदाइ लिएकाले राउतलाई आज नियुक्ति गरिएकाे हाे।

शपथपछि आजै सर्वोच्च अदालतमा राउतले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित मिति: : 2024-10-06 11:04:00

प्रतिकृया दिनुहोस्