सुनको मूल्य अहिलेसम्मकै उच्च, ताेलामा कति?

Break n Links
Break n Links

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० कायम भएकाे छ। सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो।

बिहीबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ९०० रुपैयाँ थियो। शुक्रबार भने तोलामा ४ सय रुपैयाँ बढेको हो।

यसैगरी शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा १ हजार ९५० रुपैयाँ भएको चाँदीको मूल्य शुक्रबार १ हजार ९८० रुपैयाँ कायम भएको हो।

प्रकाशित मिति: : 2024-10-04 12:00:00

प्रतिकृया दिनुहोस्