न्यूयोर्कमा ‘सार्क’ ब्यूँझाउने ओलीको प्रस्ताव मोदीले गरे अस्वीकार

राष्ट्रसंघीय महासभामा भाग लिन गएका प्रधानमन्त्री ओलीले गरेको राष्ट्र राष्ट्रहरूको विदेशमन्त्रीस्तरीय बैठकको प्रस्ताव भारतले अस्वीकार गरेको छ।

प्रधानमन्त्री ओलीले त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि ‘साइड लाइन’ वार्ता गरेका थिए।

पाकिस्तानले ‘आतंकवाद नियन्त्रणको प्रतिबद्धता नगरेसम्म’ यस्तो बैठक हुन नसक्ने भारतले जनाएको छ।

सार्कमा अहिले अफगानिस्तान, बंगलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी दक्षिण एशियाका आठ देशहरू छन् भने चीनसहित विश्वका नौ ठूला राष्ट्रहरू यसका पर्यवेक्षकहरू छन्।

हाल सार्कको अध्यक्ष राष्ट्र नेपाल हो। पटक पटक नेपालले प्रयास गरे पनि सन् २०१४ देखि राष्ट्र राष्ट्रहरूको समन्वायत्मक बैठक हुन सकेको छैन। सबै राष्ट्रहरू तयार नहुँदासम्म बैठक बस्न सकिरहेको छैन। 

प्रकाशित मिति: : 2024-10-01 17:43:00

प्रतिकृया दिनुहोस्