मलेखुमा सुख्खा पहिरो: सडक पूर्णरुपमा अवरुद्ध, राति पन्छाउन नसकिने

फाइल तस्बिर
फाइल तस्बिर

पृथ्वी राजमार्ग पहिरोका कारण फेरि अवरुद्ध भएको छ।

धादिङको मलेखुनजिक परेवा भिरमा आएको पहिरोका कारण सडक दुइतर्फि बन्द भएको धादिङ प्रहरीले जानकारी दिएको छ।

सोमबार साँझ साढे ७ बजे गएको पहिरो पन्छाउन सुरक्षा निकाय खटिरहेको भएपनि राति नै पन्छ्याउन नसकिने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ।

साथै प्रहरीले सम्पूर्ण सवारी चालकहरुले आ-आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी राख्न अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2024-09-30 21:13:00

प्रतिकृया दिनुहोस्