कारागार चलान भए सिधाकुरा डटकमका सम्पादक र प्रकाशक

फाइल तस्बिर
फाइल तस्बिर

सिधा कुरा डटकमका सम्पादक नवीन ढुङ्गाना र प्रकाशक युवराज कँडेल कारागार चलान भएका छन्।

सर्वाेच्च अदालतकाे आदेशलगत्तै आइतबार साँझ सम्पादक ढुङ्गाना र प्रकाशक कँडेल कारागर चलान भएका हुन्। सम्पादक ढुङ्गानाले आफूले केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएकाे जानकारी गराए।

उनले अदालतकाे आदेशलाई सम्मान गर्दै कारागार चलान भएकाे बताए।

याे अवस्थाबाट आफूहरु विचल्लित नभएकाे उनकाे भनाइ छ, ‘प्रिय पाठक र स्राेताहरु हामी फेरि समाचार लेख्नै आउने छाैँ । हामी समाचार लेख्न नै जन्मिएका हाैँ। समाचारकाे धर्मबाट कहिल्याै बिचलित हुने छैनौँ।’

सर्वोच्च अदालतले अदालतको अवहेलना गरेको ठहर गर्दै उनीहरुलाई कैद सजाय सुनाएको थियाे। सर्वोच्चले प्रकाशक कँडेललाई र सम्पादक ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको छ।

प्रकाशित मिति: : 2024-09-29 21:43:00

प्रतिकृया दिनुहोस्