झ्याप्ले खोलामा अवरुद्ध सडक सुचारु

फाइल तस्बिर
फाइल तस्बिर

धादिङको झ्याप्ले खोलामा अवरुद्ध भएको सडक सुचारु भएको छ। पहिरोले पुरिएका चार सवारी साधनबाट शनिबार र आइतबार गरी ३५ शव निकालेपछि अब सुरक्षाकर्मीले सडक खुलाएका हुन्।

योसँगै काठमाडौँ-मुग्लिङ सकद खण्ड सुचारु भएको छ। अहिले पहिरोका कारण सडक अवरुद्ध नरहेको प्रहरीले जानकारी दिएको छ।

झ्याप्ले खोलाको पहिरोमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर, चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस, गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस तथा बा १ प १३८८ नम्बरको बस पुरिएका थिए।

पहिरोमा पुरिएको बस तथा शव नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले निकालेको हो। र यो क्रम जारी रहने प्रहरीले जनाएको छ।  

चापलाई ध्यानमा राख्दै शनिबार विहानदेखि सुरूङमार्गबाट सवारी साधन काठमाडौं पठाइएको थियो।

प्रकाशित मिति: : 2024-09-29 20:31:00

प्रतिकृया दिनुहोस्