रवि लामिछानेले मुग्लिङ-नारायणगढमा अलपत्र यात्रुलाई खाना र बस्नकाे व्यवस्था गर्ने

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन (मुग्लिङ-नारायणगढ-भरतपुर)क्षेत्र मा अलपत्र यात्रुलाई खान र बस्नकाे व्यवस्था मिलाएकाे छ।

निरन्तरकाे वर्षापछि आएकाे बाढी-पहिराेका कारण मुग्लिङ-नारायणगढ सडकखण्डमा यात्रामा राेक लगाइएकाे छ। यात्रामा राेक लगाइएपछि र पहिराेका कारण बिच बाटाेमा अलपत्र परेका यात्रुलाई खान र बस्नकाे व्यवस्था मिलाइएकाे रास्वपाले जनाएकाे छ।

‘अविरल वर्षाका कारण देशभर व्याप्त विपद्काे परिस्थितिमा यात्राकाे दाैरानमा चितवन क्षेत्र (मुग्लिङ, नारायणगढ, भरतपुर)मा अलपत्र पर्नुभएकाे छ भने दिएकाे नम्बरमा सम्पर्क गर्नुहाेला तपाइका लागि खाना र बासकाे व्यवस्था हामी गर्नेछाैँ’, रवि लामिछानेकाे सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ।

रास्वपाले 9845150147 (भरतपुर), 9811284825 (कालिका) र 9845066365 (इच्छाकामना)मा सम्पर्क गर्न भनकाे छ।

त्यस्तै सचिवालयकाे नम्बर 9851360555मा पनि सम्पर्क गर्न सकिने रास्वपाले जनाएकाे छ।

याे रास्वाप सभापति रवि लामिछानेकाे निर्वाचन क्षेत्र हाे।

प्रकाशित मिति: : 2024-09-28 22:00:00

प्रतिकृया दिनुहोस्