बाढीपहिरो पीडितको उद्धारमा जुटन नेता-कार्यकर्तालाई प्रभु साहको आग्रह

File Photo
File Photo

आम जनता पार्टी अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले अविरल वर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा जुटन पार्टीका नेताकार्यकर्तालाई आग्रह गरेका छन्। 

बिहीबारर साझदेखि परिरहेको अविरल वर्षाका कारण देशैभरी ठुलोमात्रामा जनधनका साथै भौतिक पूर्वाधारको क्षति भएको छ। कतिपय परिवार घरबारविहीन भएका छन्।

'अविरल वर्षाले धेरै परिवार घरबारविहीन भई खाने, बस्ने समस्यामा छ। बिहान के खाने, राति कहाँ सुत्ने पीडाले पीडित परिवारलाई तत्काल सहयोगको आवश्यकता छ। बाढीपहिरोले पीडित परिवारलाई उद्धार गर्न आवश्यक छ', आजपा अध्यक्ष साहले भने, 'अविरल वर्षाले प्रभावित भएका परिवारलाई सहयोग गर्न तथा उद्धार कार्यमा लाग्न आम जनता पार्टीका साथीहरुलाई म विशेष अनुरोध गर्दछु।'

साथै उनले पीडित परिवारलाई तत्काल उद्धार, सहयोग गर्दै खाने, बस्ने ब्यवस्थापन लगायत विषयमा विशेष ध्यान दिन तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन्।

आज शनिबार विभिन्न नदीहरुमा आएको बाढीले स्थानीय नागरिकहरु समस्यमा परेका छन्। अविरल वर्षाले तराई मधेसमा बाढी र पहाडमा पहिरोले नागरिकहरु पीडित भएका छन्।

बाढीले कतिपय राजमार्ग अवरुद्ध छ भने आवागमन अवरुद्ध छ। खराब मौसमका कारण हवाई उडान समेत बन्द रहेको छ। सरकारले सचेत भई बस्न आग्रह गरेको छ।

प्रकाशित मिति: : 2024-09-28 13:52:00

प्रतिकृया दिनुहोस्