‘उपत्यकाबाट साढे सात सय जनाको उद्दार’

Break n Links
Break n Links

बिहीबारदेेखि भइरहेको निरन्तरको बर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका साढे सात सय नागरिकको उद्दार गरिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन्। 

जुन काठमाडौँ उपत्यकाका मात्र हुन्। लेखकले सरकार नागरिकको उद्धार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारमा गम्भीर भएर लागिपरेको बताए।

शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै गृहमन्त्री लेखकले दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्दार गरिएको जानकारी गराए। 

उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन गर्ने, उद्दार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए।

उनले अवस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुर्नस्थापनाका लागि सरकारले पहल गर्ने बताए। ‘खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाइ उद्दारमा समेत समस्या भयो’, उनले भने। 

प्रकाशित मिति: : 2024-09-28 13:03:00

प्रतिकृया दिनुहोस्