भक्तपुरमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

भक्तपुरमा पहिरोले टहरो बगाउँदा ३ जनाको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका-९ स्थित पलासेमा टहरो बनाई बसेको ३ जनाकाे शुक्रबार बिहान माथिबाट खसेकाे पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएकाे हाे।

मृत्यु हुनेमा कालिकोट स्थायी घर भक्तपुर बस्दै आएका २४ वर्षीया दमिला शाही, १४ वर्षीया मनिषा शाही र ४ वर्षीया प्रिया बम रहेका छन्। प्रहरीका अनुसार दमिला गर्भवती रहेकी थिइन्।

सशस्त्र प्रहरी निरीक्षक भुपाल विक्रम शाहको कमाण्डमा खटिएकाे १० जनाको टोली मृतकहरूकाे उद्धार गरी पाेष्टमार्टमका लागि लगिएकाे छ। 
 

प्रकाशित मिति: : 2024-09-28 12:52:00

प्रतिकृया दिनुहोस्