आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ।

बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समिति चितवनले सवारी सञ्चालनमा रोक लगाएको हो ।

यस राजमार्ग भएर गुड्ने सवारी साधनलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने छ।

शुक्रबार बिहानदेखि परेको बर्षाका करण मुग्लिन काठमाडौँ सडक खण्डमा दर्जनभन्दा बढी स्थानमा स-साना पहिरो जादा सडक अवरुद्ध बनेको छ। 

प्रकाशित मिति: : 2024-09-27 17:36:00

प्रतिकृया दिनुहोस्