दसैं मनाउन घर फर्किँदै गरेका एक युवक महाकाली नदीमा बेपत्ता

File Photo
File Photo

दसैं मनाउन घर फर्किन थालेका एक युवक महाकाली नदीमा खसेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको प्रहरीले जानकारी दिएको छ। 

उनी शुक्रबार बिहान ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेका थिए। धामी खसेको ठाउँमा सडक माथिबाट पहिरो समेत खसेका कारण उनको खोजी कार्यमा समस्या भइरहेको छ। 

अहिले उनको खोजी कार्य भइरहेको छ। 

प्रकाशित मिति: : 2024-09-27 15:35:00

प्रतिकृया दिनुहोस्