अल्लको टोपी मुख्यमन्त्रीको ‘शीरै’मा

दाङमा अल्लोबाट बन्ने सामग्रीको उद्योग सञ्चाल गर्दै आएकी मध्ये एक हुन् घोराही-१४ निवासी प्रेमकुमारी पुन मगर। उनी २०६० सालदेखि ‘चिनारी महिला साझेदारी समूह’द्वारा उद्योग चलाउँदै आएकी छिन्। 

उनले अल्लाेकाे धागाेबाट हातले बुनेर काेट, टाेपी, झाेला, जुत्ता लगायतका सामाग्री तयार पार्दै आएकी छिन्।  आफूले तयार पारेका सामाग्री बिक्रि गर्न मेला, महोत्सव, विभिन्न कार्यक्रमहरूमा पनि लग्ने गरेकी छिन्। 

अहिले विश्व पर्यटन दिवसकाे अवसरमा प्रेमकुमारीले अल्लाे र उलनबाट हातले बुनेर तयार पारिएकाे झाेला, टाेपी, काेट, जुत्ता लगायत सामाग्री बिक्रिका लागि दाङमा भएको महत्वसमा स्टल राखेकी छिन्। 

जुन स्टलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अवलोकन गरे। साथमा दुई टाेपी पनि किने। उतिखेरै लगाए। जुन प्रेमकुमारीले नेता–मन्त्रीलाई पहिलो पटक बेचेकी हुन्। 

‘अहिलेसम्म नेता, मन्त्रीलाई टाेपी बिक्रि गरेकाे थिएन। कित उपहार दिइन्थ्याे’, उनले भनिन्, ‘तर मुख्यमन्त्रीले टाेपी किनेर लगाउनुभयाे। खुशी पो लागेको छ।’

शीरकाे टाेपी फेरेर आफूले बनाएकाे टाेपी लगाउएको भन्दै उनले खुशी व्यक्त गरिन्। यो एउटा टोपीको मूल्य पाँच सय रुपैयाँ हो। उहाँले दुई वटा किनेर लैजानु भयाे’, प्रेमकुमारीले भनिन्, ‘मुख्यमन्त्री ज्यूकाे याे सद्भावले हामी उद्यमीकाे छाती चाैडा भयाे।’ 

पर्यटन दिवसकाे अवसरमा लुम्बिनी प्रदेशका उद्यमीले तयार पारेका स्थानीय उत्पादनका सामाग्रीहरु प्रदर्शनीमा राखिएको छ। थाकलबाट बनेका हस्तकलाकाे सामाग्रीदेखि माटाेबाट बनेका भाँडाहरु समेत प्रदर्शनीमा राखिएको छ।

प्रकाशित मिति: : 2024-09-27 15:02:00

प्रतिकृया दिनुहोस्