सर्लाहीमा एकजना युवकले गोली हानेर श्रीमतीकाे हत्या गरेका छन्। सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका हुन्।
टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको थियाे। प्रहरीका अनुसार धिरेन्द्रका बाबु ४५ वर्षीय राम दिनेश राय घाइते भएका छन्। स्थानीय अस्पतालमा उनकाे उपचार भइरहेकाे छ।
वैदेशिक राेजगारीका एक महिनाअघिमात्रै फर्केका धिरेन्द्र दम्पत्तिबीच झगडा हुने गरेकाे स्थानीय बताउँछन्। सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार बुधबार राति धिरेन्द्र एकजना साथीसँग मोटर साइकल चढेर आएका थिए।
साथीलाई बाटैमा राेकेर उनी घरभित्र छिरे र श्रीमतीलाई गाेली हानेर निस्किए। अनि साथीसँगै भागे। प्रहरीले उनकाे खाेजी गरिरहेकाे छ। घटनास्थलमा प्रहरीले एउटा पेस्ताेल पनि फेला पारेकाे छ।